• विराटनगर, २३ बैशाख । विराटनगरको कोरोना अस्पतालमा उपचार गराइरहेका ६ जना भारतीय जमातीले काेराेना जितेका छन ।

    ५ र ६ बैशाखमा अस्पताल भर्ना भएका १३ जना मध्ये ६ जना मुस्लिम धर्म प्रचारक जमातीले काेराेना जितेका हुन । उनीहरुलाई बुधबार डिस्चार्ज गरिने छ ।

    ३०,२९, २८,२१, ३४ र २६ वर्षीय भारतीय नागरिकले कोरोना जितेका हुन । उनीहरुलाई बुधबार बिहान ८ बजे डिस्चार्ज गरिने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए ।

    विराटनगरकाे कोरोना अस्पतालमा ३१ जना उपचाररत छन । ती मध्ये २८ जना उदयपुरमा भेटिएका संक्रमित हुन । उदयपुरमा ५ बैशाखमा धर्म प्रचारका लागि आएका १२ जना जमातीलाई कोरोना संक्रमण देखिएको थियो ।

    १८ दिनको उपचारपछि ६ जना कोरोना मुक्त भएको विराटनगरकाे कोरोना विशेष अस्पतालका प्रमुख डाक्टर दीपक सिग्देलले जानकारी दिए ।

    ‘१३ जनाको परीक्षण गर्दा ६ जनाको रिपोर्ट नेगेटिभ आयो ।’ डाक्टर सिग्देल भन्छन् ‘ भोली( बुधबार) डिस्चार्ज गर्छाैं ।’ ७ जनाकाे भने पून एकसाता पछि परिक्षण गरिने छ ।कोशी अनलाइनबाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…