• एपीएफ टोलीद्वारा चोरीपैठारीको थ्रेसर मेसीन बरामद

    मोरङ : मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १८ स्थित एकिकृत जाँच चौकीबाट बैशाख २३ गते एपीएफ टोलीले एक करोड नौ लाख उनासी हजार सात सय तीस भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा भारतको दार्जिलिङ्ग घर बताउने २५ वर्षिय रविकुमार शर्मा र भारतकै बिहार रौतिनिया घर बताउने १८ वर्षिय चतुर कुमार छन् ।

    डब्लुबी ७३ ई ७६३५ नम्बरको भारतीय ट्रकमा चालकको सिटमुनी कार्टुनमा राखेर लुकाई छिपाई अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उल्लेखित भारतीय रुपैयाँसहित सो ट्रकका चालक तथा सहचालक रहेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गुल्म हेक्वा मोरङबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

    त्यसवेला एपीएफ टोलीले सो ट्रक समेत बरामद गरेको छ ।

    एपीएफ टोलीद्वारा चोरीपैठारीको थ्रेसर मेसीन बरामद

    झापा जिल्लाको झापा गाउँपालिका ५ खयरबारी स्थित सीमा ईलाकाबाट बैशाख २२ गते एपीएफ टोलीले करीव १४ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको
    थ्रेसर मेसीनसहितको ट्याक्टर बरामद गरेको छ ।

    भारतबाट अवैध रुपले नम्बर प्लेट नभएको ट्याक्टरमा राखी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त थ्रेसर मेसीन सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश पन्थपाँडाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
    त्यसवेला उक्त थ्रेसर मेसीन ल्याउँदै गरेका व्यक्तिहरु एपीएफ टोलीलाई टाढैबाट देख्नासाथै उक्त ट्याक्टर तथा थ्रेसर मेसीन छाडी फरार भएका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…