• रतुवामाई  । नेपालीमा एउटा उखान छ ‘ जो गाउँको अगुवा उही बाटो हगुवा’ यो उखान मोरङको रतुवामाई—५ स्थित गोबिन्दपुर बजारको एउटा घटनासँग ठ्याक्कै मिलेको छ । स्थानीय गोविन्दपुर बजार व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका स्थानीय सामाजिक अगुवा गंगाप्रसाद भगतले बजारको बीचमा नीजि प्रयोजनका लागि टहरा बनाउन थालेपछि स्थानीयले बिरोध जनाए । तर, भगतले स्थानीयको बिरोधलाई कुनै वास्ता गरेनन ।
    नगरपालिकाले पटक पटक विषम परिस्थितिमा घर टहरा निर्माण नगर्न सुचना पनि ग¥यो । तर, उनले नगरपालिकाको आग्रह र निर्देशनलाई पनि धोती लगाइदिए । कोरोनाको सन्त्रासले भय सिर्जना भएको मौका छोपेर उनले रातारात आफ्नै नेतृत्वमा बजारको जग्गा नक्साङ्कन गर्ने गरि निर्माण गरिएको ड्रेन नाघ्दै बजारको बिचमा घर टहरा बनाउन सुरु गरे । बजार ब्यबस्थापन समिती र स्थानियले बिधि र नियम विपरित टहरा निर्माण गरेको भन्दै बनाउदै गरेको टहरा बनाउन रोकिदेदिए ।

    भगत सोही स्थानमा चिया पसल गर्थे । उनले साविकको चिया पसल भएको घर भत्काएर नयाँ घर बनाउने तयारी सुरु गरेको थिए । तर, उनले आफै कथा रचना गरेर मेयरले बासस्थान उठाईदियो, भनेर रोईकराई सुरु गरे । बजार व्यवस्थापन समितिको अध्यक्षमा गंगाप्रसाद भगतलाई वडा कार्यलयमा दुई बर्ष अघि २ सय मान्छेको अगाडि बजार ब्यवस्थापन समितिको अध्यक्ष बनाइएको थियो । भगतलाई अध्यक्ष बनाउँदा उसबेला नै स्थानीयले ‘चोरको हात’ चाँबी दिएको बताएका थिए । भगत अध्यक्ष भए पछि बजार ब्यवस्थापन समितिको जग्गा संरक्षण हुने धेरैले अपेक्षा गरेका थिए । तर अगुवाले नै बाटो बिराएपछि स्थानी आजित भएका छन् । उदेश्यले अध्यक्ष बनाईयो, तर उनले बजार सपार्ने भन्दा बिर्गान केन्द्रीत भए । बजारवाशीलाई देखाएको उनको हर्कतले स्थानीय आजित छन् ।
    सबैले जग्गा दिएको छौ, दुई कठ्ठा तेह्र धुर जग्गामा ड्रेन कट्दा ३ धुर उस्को जाला , हाम्रो पनि गएको छ , अझ मेयर सापले मुआब्जा पनि दिन्छु भन्नुभएको थियो , स्थानीय बिर्जुकुमार शाहले भने उनले ड्रेन पछाडि घर बनाएका थिए । तर बीचैमा घर बनाउन छोडेर बजारकै बीचमा बनाउन सुरु गरे । अध्यक्षले पदिय मर्यादा भुलेर सामाजिक हित विपरित काम त गर्नु नहुने साहको भनाई छ ।

    https://www.youtube.com/watch?v=sltt4Jib1jc

    मेयर रबिन राईले ड्रेन पछाडि निर्माण हुँदै गरेको उनको घर बनाउन पनि सहयोग गर्ने बताएका थिए, तर भगतले ‘लिडेढिपी’ गर्दै बजारको बीचमा घर बनाउन थालेपछि बजार समितिले बबाउन रोकेको हो ।
    स्थानीय वकिल तामाङले बताए । उनले भने, नम्बरी जग्गा हो भन्दैमा बजारको बीचमा घर बनाउन पाईदैन, उहाँ अध्यक्ष भएर बजारलाई ३ धुर जग्गा दिँदा के हुन्थियो ? मेरो पनि नम्बरी जग्गामा बजार प्रवेश गर्ने बाटो छ ,मैले बजारको बिकास होस भनेर जग्गा दिएको छु, मेरो नम्बरी जग्गा भन्दै बाटैमा घर बनाए भने के हुन्छ ? अनि बजार कसरी प्रवेश गर्ने ?
    भगतले आफु अध्यक्ष हुँ भन्दै कसैले के गर्न नसक्ने भन्दै विकासबिरोधी काम गरेको उनले जिकिर गरे ।
    अझ रोचक कुरा त के छ भने, भगतको हर्कत देख्दा देख्दै पनि नेकपा निकटका मानिसहरु सम्झाउनुको सट्टा आगोमा घ्यु थप्ने र धमिलो पानीमा माछा मार्ने चेष्टा गरेको स्थानीयको आरोप छ । कोरोनाको चिन्ता गर्ने भन्दा पनि अझ मोवाईल तेर्साएर कु सन्देश फैलाउन उनीहरु केन्द्रित छन् ।
    यस विषयमा सोध्दा गंगा भगतले बिना सुचना आएर बनाउदै गरेको संरचना रोकिदिएको आरोप लगाए ।

    वडा नम्बर ५ का वडा अध्यक्ष कनैयालाल राजवंशीका अनुसार २०३८ सालमा बजारमा सुरु गरिएको हो । बजारका लागि सँधियार मिल्ने सबैले सहयोग गरेपनि गंगा भगतले सहयोग गरेनन् । भगत बजारको अध्यक्ष बनाएपछि उनकै नेतृत्वमा गतवर्ष नगरपालिकाको बजेटबाट ड्रेन बनाईयो, वडा अध्यक्ष कनैयालालले भने, ड्रेन अगाडि भएको जग्गामा कसैले नमिच्ने भनेर गरिएको सम्झौता आफैले तोड्दै घर बनाउन सुरु गरेपछि बजार समिती र स्थानीयले रोकेका हौ । बजारलाई राम्रो होस भनेर फलाउनु फुलाउनु पर्ने आफैं यस्तो गरेपछि के भन्ने ?

    लकडाउनको बेलामा सार्वजनिक स्थलमा घर बनाईरहेको सुचना आएपछि आफ्नो उपस्थितिमा स्थानीयले घरको टाँटी हटाएको मेयर रबिन राईले बताए ।
    सार्वजनिक स्थलको संरक्षण गर्नुपर्नेमा मिडियाको दुरुपयोग गर्दै अफवाह फैलाएको बताए । कांग्रेस पार्टीको मान्छे हु भन्दैमा मेयरलाई भोट दिएको भन्दै अतिक्रमण गर्न पाईदैन र अन्य पार्टीको साथीहरुले फोहोरी राजनीति गरेर यस्ता कामलाई प्रोत्साहन गर्न मिल्दैन् मेयर राईले भने, विकास गर्न सबैको एकजुट र सहकार्य चाँहिन्छ ।
    अध्यक्ष भगतले चियाँपसलमा अर्को टहरा थपेपछि मेरो उपस्थितिमा समितिकै साथीहरु र स्थानीयले टहरा हटाएका हुन । मेयर राईले भने, उर्लाबारी बरडंगाको बाटो पनि ब्यक्तिको जग्गाको नक्सामा देखिन्छ, त्यसो भा उहाँहरुले ढाँट लगाएर सडकमा घर बनाउन थाल्नुभयो भने घर बनाउन दिने कि नदिने ?

    https://www.youtube.com/watch?v=7zsfZ3uv5MM&t=35s

    घर भत्काएको कि बनाउन नदिएको स्थलगत गएर अध्ययन गर्न आग्रह मेयरको मिडियाकर्मीहरुलाई अनुरोध छ । आफुले उनलाई पटक पटक टहरा नबनाउन अनुरोध गर्दै त्यस वापतको क्षतिपुर्तिका लागि सहमति गरौं भन्दा पनि नमानेको मेयर राईको दुखेसो छ । उनले भने सुतेकालाई उठाउन सकिन्छ , तर सुतेको नाटक गर्नेलाई उठाउन नसकिने रहेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…