• मोरङ । उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग बहादुर फागोले गौतमबुद्धको २५६४औँ जन्मजयन्तीको अवसरमा विश्वभरका बौद्धमार्गी एवं शान्ति र अहिंसाप्रेमी सम्पूर्ण समुदायमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले पवित्रभूमि नेपालको लुम्बिनीमा जन्मेका राष्ट्रका गौरव एवं शान्तिका अग्रदूत सिद्धार्थ गौतमबुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको संयोग परेको पवित्र दिनमा सबैमा एक आपसमा सहिष्णुता, सद्भाव, अहिंसा एवं विश्व शान्तिको महान् अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामनासमेत गर्नुभएको छ ।

    शान्तिका अग्रदूत बुद्धका समतामूलक समाज निर्माणका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास लिनुभएको छ ।

    कोरोना भाइरसको महामारीका कारण विश्वभरि सिर्जित समस्यालाई नियन्त्रणमा लिन नेपाल सरकारले गरेको लकडाउन सफल बनेको बताउँदै उहाँले अझै पर्याप्त पिसीआर परीक्षणका माध्यमबाट संक्रमणको अवस्था पत्ता लगाइ यसको रोकथाम तथा नियन्त्रणमा विशेष भूमिका खेल्ने विश्वास लिइएको फागोले बताउनुभयो ।
    कोरोना भाइरसविरुद्ध केही समय धैर्य र मजबुत एकताका साथ जुध्न एवम् उच्च सतर्कता र तयारीमा जुट्न आजको ऐतिहासिक दिनले हामी सबैलाई थप प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना पनि गर्नुभएको छ ।

    यसैबिच किराँत समुदायको महान सांस्कृतिक चाड उभौलीको अवसरमा उहाँले शुभकामना व्यक्त गर्नुभएको छ ।
    स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको हो ।

    उभौलीजस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गर्ने उहाँको भनाई छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…