• पुष्कर खड्का

    काठमाडौ – रामेछाप जिल्लाको लिखुतामाकोशी गाउँपालिकाको वडा नम्बर १ का वडा अध्यक्ष निङ्मार तामाङले दीर्घरोगीहरुका लागि आवश्यक औषधी वितरण गर्ने काम भइरहेको बताउनु भएको छ ।




    विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लक डाउनको प्रतिकुल असरका कारण नियमित औषधी सेवन गर्दै आएका वडा अन्तर्गतका ४७ जना दीर्घरोगीहरुलाई आवश्यक औषधी विरतण गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो ।



    वडा कार्यालयले दीर्घ रोगीहरुलाई एक महिना सम्मको लागि पुग्ने औषधी वितरण गरिरहेको अध्यक्ष तामाङको भनाई छ । वडा अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरुमा पनि पर्याप्त मात्रमा औषधी रहेको उहाँले जानकारी दिनुभयो । स्वास्थ्य संस्थाहरुलाई मास्क, स्यानिटाइजर, पीपीई सेट, थर्मलगन लगायतका आवश्यकीय स्वास्थ्य सामाग्रीहरुको व्यवस्था गरिएको उहाँले बताउनुभयो । यस्तै, वडाले खाद्यान्न अभावको संकटमा परेका नागरिकहरुलाई राहत वितरणका गर्नका लागि उनीहरुको लगत संकलन गर्ने काम गरिरहेको छ ।





    खाद्यन्नको अभावको संकटमा परेका करिब १०÷१२ घरपरिवालाई वडाले राहत उपलब्ध गराएको उहाँले बताउनुभयो । समस्यामा परेका व्यक्तिहरुलाई आवश्यक राहत दिन आफूहरु तयार रहेको समेत अध्यक्ष तामाङले बताउनुभएको छ ।
    यसैबीच, चालु आर्थिक वर्ष २०७६÷७७ मा सञ्चालन गर्ने भनिएका विकास निर्माणका योजनाहरुको सम्झौता हालसम्म नभएको उहाँले बताउनु भएको छ ।






    योजना सञ्चालनका लागि उपभोक्ता समिति गठन भइसकेको भएपनि पालिकामा प्रशासकीय अधिकृत नभएका कारण योजनाहरुको सम्झौता गर्न नसकिएको वडा कार्यालयले जनाएको हो । चालु आर्थिक वर्ष सकिन तीन महिना मात्रै बाँकी रहँदा समेत वडाले यस वर्ष सञ्चालन गर्ने योजनाहरुको सम्झौता गर्न नसकेको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…