• पुष्कर खड्का

    काठमाडौ - क्वालालम्पुर मलेसियामा अाज मात्रै ९ जना नेपालीमा कोरोना भाइरसको संक्रमित देखापरेको छ ।
    मलेसियाको स्वास्थ मन्त्रालयका अनुसार क्वालालम्पुुरमा रहेको चेरास स्थीत एक सपिङ महलमा कार्यरत १० जानामा कोरोनाको संक्रमित देखा परेको हो ।




    सोही मध्य ९ जना नेपाली सेकुरेटी गार्ड र एकजना स्थानीय नागरिक रहेको बुझिएको छ । उक्त सपीङमहलमा हाल सबै कामदार गरेर ४३६ कामदार कार्यरत छन । उक्त क्षेत्रमा यतीवेला सुरक्षा व्यवस्थामा समेत कडाई गरीएको छ ।



    सपिङ महलमा कार्यरत ४३६ जनाकै स्वास्थ परीक्षण गर्दा, १० जनामा कोरोना पोजेटीब देखीयको छ भने । ३४७ जनाको रिजल्ट नेगेटीभ आयको छ । ७९ जनाको भने अझै रीपोट आउन बाँकी छ । यतीवेला उनीहरु संग सम्वन्धित अन्य बेक्तीहरुको खोजी गरी परीक्षण भैरहेको जानकारीमा छ ।



    यस अघी पनी मलेसीयामा कार्यरत ९ जना नेपालीमा कोरोनाको संक्रमण देखीएको थियो भने , सोही मध्य ३ जाना उपचार पछी निकोभएर काममा फर्कीएका छन भने बाँकी ६ जनाको स्वास्थ अवस्था सामान्य रहेको जानकारी आयको छ ।



    त्यस्तै हाल सम्म मलेसीयामा कोरोना संक्रमीत नेपालीको संख्या १८ पुगेको छ । पछील्लो समय मलेसीयाले देशमा लगायको आवागमन नीयन्त्रण अर्थात लकडाउन खुकुलो पारे संगै मलेसीयामा कार्यरत लाखौं नेपाली लगाएत अन्य संक्रमितको उच्च जोखीमा परेका छन्।



    मलेशियामा हाल सम्म ६ हजार ४ सय ६७ जनामा संक्रमित भैसकेको छ भने १ सय ७ जनाले ज्यान गुमाएका छन् ४ हजार ७ सय ७६ जना उपचार पछि निको भएर घर फर्किएका छन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…