पुष्कर खड्का
काठमाडौ - जिल्ला अस्पताल रामेछापले कोरोना भएको हुनसक्ने आशंकामा २ जना पुरुषको स्वाब परीक्षणको लागी टेकु अस्पताल काठमाण्डौँ पठाएको छ ।
मन्थली नगरपालिका वडा नम्बर ४ घर भएका २० र ४८ वर्षका २ जना पुरुषलाई कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनिहरुको स्वाब स्वाब संकलन बुथ मार्फत संकलन गरी परीक्षणका लागी टेकु अस्पताल पठाइएको जिल्ला अस्पताल रामेछापका कोरोना रोग सम्पर्क व्यक्ति डाक्टर आनन्द प्रसाद आचार्यले जानकारी दिनुभयो । ति पुरुषहरुलाई जिल्ला अस्पतालको आईसुलेशनमा राखेर उपचार गरिरहको डाक्टर आचार्यको भनाई छ ।
उनिहरुमा कोरोना संक्रमण भए नभएको स्वाब परीक्षण रिपोर्ट आएपछि मात्र थाहा हुने उहाँले बताउनुभयो । यस अघि पनि जिल्ला अस्पताल रामेछापबाट कोरोनाको आशंकामा परीक्षणका लागी धुलिखेल अस्पताल पठाइएको स्वाबहरुको रिपोर्ट नेगेटिभ आएको थियो ।