• विराटनगर : कोसी अस्पताल विराटनगरमा उपचाररत थप ८ जनामा पछिल्लो दुइ पटक कोरोना भाइरस नेगेटिभ देखिएसँगै डिस्चार्जकाे तयारी गरिएकाे छ।

     

    उदयपुर त्रियुगा–३ भुल्केका संक्रमित एक जना महिलासहित पाँच र भुल्केस्थित मस्जिदमा बसोबास गर्ने ३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो। प्रदेश १ सामाजिक विकास मन्त्रालयले बिहीबार साँझ पिसिआर रिपोर्ट नेगेटिभ आएका ८ जनालाई शुक्रबार बिहान १० बजे डिस्चार्ज गर्ने जानकारी दिएको छ।

     

    कोभिड–१९ अस्पताल व्यवस्थापक संयोजक ज्ञानबहादुर बस्नेतका अनुसार नेगेटिभ देखिएका मध्ये एक जना भारतीय नागरिक छन्। उपचार केन्द्रका फिजिसियन डेनप्रसाद आचार्यले संक्रमितहरुको दोस्रो स्वाब परीक्षण नेगेटिभ देखिएका कारण डिस्चार्ज गर्न सिफारिस गरिएको बताए। उनका अनुसार अवस्था अतिसामान्य छ। दोस्रो स्वाबसमेत नेगेटिभ देखिएका कारण डिस्चार्ज गरेर नियमित निगरानी र सावधानीमा राख्नुपर्ने उनले बताए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…