•  

    बैशाख २६, २०७७


    काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले शुक्रबार नेपालमा चार प्रकारका वायुको प्रभाव रहेको जनाएको छ ।

    पश्चिमी न्युन चापीय रेखाको सामान्य प्रभाव, स्थानीय वायु, पूर्वी भु–भाग नजिक बनेको न्युन चापीय क्षेत्र तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ ।

    महाशाखाका अनुसार हालको मौसमको अवस्था पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ ।

    महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार शुक्रबार दिउँसो देशको पूर्वी भू–भागमा सामान्य बदली, बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशका पूर्वी भू–भागका थोरै स्थानहरूमा साथै मध्य र पश्चिमका एक/दुई स्थानमा मेघगर्जन,चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।

    यसैगरी, राति देशको पूर्वी भु–भागमा सामान्य बदली अनि मध्य र पश्चिमका पहाडी भू–भागमा आंशिक बदली भई बाँकि भू–भागमा सामान्यतया सफा रहनेछ।

    पूर्वी भू–भागका एक दुइ स्थानमा मेघगर्जन,चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…