पुष्कर खड्का
काठमाडौ - रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नम्बर १ डडुवा शैलुङमा विहिबार दिउँसो अविरल वर्षसँगै परेको चट्याङ लागेर ८ वटा बाख्रा मरेका छन ।
दिउँसोको समयमा जंगलमा चराउन लगिएका ३० वटा बाख्राहरु पानी परेपछि रुखको फेदमुनि एक्कै ठाउँमा बसेको र त्यहि बेलामा परेको चट्याङ लागेर ८ वटा बाख्रा मरेको डडुवा शैलुङका स्थानिय दावासाङ्बो शेर्पाले जानकारी दिनुभयो ।
उहाँका अनुसार डडुवा शैलुङका फुर्वा तामाङको जंगलमा चराउन लगिएको ८ वटा बाख्राहरु चट्याङ लागेर मरेका हुन । जंगलमा गोठाला गएकाहरुलाई भने केहि नभएको शेर्पाले बताउनुभयो ।