पुष्कर खड्का
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकमा सरकारको पक्षमा उभिन नेकपाका सांसदहरुलाई लिखित निर्देशन दिएका छन् ।
शुक्रबार बिहान बालुवाटारमा आफू निकट नेताहरुसँग छलफल गरिसकेपछि संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री ओलीले सांसदहरुलाई सरकारको पक्षमा उभिन लिखित निर्देशन दिएका हुन् ।
बिहानको भेटमा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि छलफल गरेका थिए। यस्तै दलका उपनेता सुवास नेम्बाङ, प्रतिनिधिसभाको प्रमुख सचेतक देव गुरुङ, सचेतक शान्ता चौधरी, राष्ट्रियसभाका दलका नेता दिनानाथ शर्मा, सचेतक खिमलाल भट्टराईसँग प्रधानमन्त्रीले छलफल गरेको थियो ।
दलभित्रैबाट सरकारको नीति कार्यक्रम विरुद्ध संसदमै आवाज उठ्ने भएपछि प्रधानमन्त्री ओलीले सांसदहरुलाई कडा निर्देशन दिएका हुन् ।