• उर्लाबारी । नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा ) उर्लाबारी नगर कमिटीले उर्लाबारी नगरपालिकाको विपद कोषमा १ लाख ९२ हजार ८० रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

    आज उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो र उपमेयर लक्ष्मीदेवी भण्डारीलाई नेकपा मोरङका सचिवालय सदस्य मानबहादुर श्रेष्ठ र नगरअध्यक्ष उमाकान्त गौतमले सो रकम हस्तान्तरण गर्नुभएको हो । नेकपा उर्लाबारीले अन्य राजनीतिक पार्टी भन्दा बढी सहयोग गरेको भन्दै मेयर फागोले प्रशंसा गर्नुभयो । उहाँले विपदको बेला विपन्न समूदायलाई सबै एकजुट भएर राहत वितरण गर्नु पर्ने आवश्यकता रहेको बताउनुभयो ।

    वडा स्तरीय सर्वदलीय समितिको सिफारिसमा राहत वितरण गरिरहेको र वास्तविक परिवारसम्म राहत पु¥याउन राजनीति दलका प्रतिनिधिहरुबाट सकारात्मक भूमिकाको अपेक्षा राखेको उहाँले बताउनुभयो । हालसम्म नगरपालिकाको कोषबाट स्वास्थ्य सामाग्री खरिदसहित ४३ लाख रुपैयाँ खर्च भइसकेको उहाँले जानकारी दिनुभयो ।

    नगरअध्यक्ष गौतमले नेकपाको तर्फबाट आगामी दिनमा पनि नगरपालिकासँग सहकार्य गरी जनताको सुखदुखको सारथी बन्न तयार रहेको बताउनुभयो । उहाँले लकडाउन जारी रहँदा कृषि क्षेत्र प्रभावित बनिरहेको परिपेक्षमा स्थानीय तहको ध्यानाकर्षण हुनु पर्नेमा जोड दिनुभयो । वास्तविक पीडित जनतासम्म राहत पु¥याउन नेकपाले नगरपालिकासँग साझेदारी गर्दै अघि बढ्ने उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो ।

    यसअघि नेपाली कांग्रेस उर्लाबारीले १ लाख ७ हजार ६ सय सहयोग गरेको थियो भने राष्ट्रिय जनता पार्टी उर्लाबारीले ५१ हजार १९ रुपैयाँ, राष्ट्रिय प्रजातन्त्र पार्टी उर्लाबारीले २५ हजार १९ रुपैयाँ र संघीय लिम्बूवान पार्टी उर्लाबारीले २० हजार रुपैयाँ सहयोग गरेको थियो ।

    https://youtu.be/gj_13b0WnBE

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…