• उर्लाबारी, २६ बैशाख । उर्लाबारीमा आईतबारदेखी अत्यावश्यक पसलहरु अब दैनिक खुल्ने भएका छन् । उर्लाबारी नगरपालिका संकट व्यवस्थापन समितिको आज दिउँसो बसेको बैठकले सो निर्णय गरेको हो ।

    यसअघि हप्तामा तीन दिन मात्र अत्यावश्यक पसल खुल्दै आएका थिए । हप्तामा तीन दिन मात्र अत्यावश्यक पसल खुल्दा भिडभाड बढेको भन्दै उपभोक्ताहरुले गुनाशो गरेका थिए ।

    समितिले यस अघि आईतबार, मंगलबार र बिहीबार बिहान १० बजे सम्म हप्तामा तिन दिन मात्र बजार खोल्ने निर्णय गर्दा व्यापारी र उपभोक्तालाई असुविधा भएकोले दैनिक खोल्ने निर्णयले दुबै पक्षलाई सहजता हुने उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष प्रितम खड्गीले बताएका छन ।

    अब आईतबारदेखी बिहान ६ देखी १० बजेसम्म अत्यावश्यक पसल खुल्ला राख्ने निर्णय गरेको नगरपालिकाका प्रमुख खड्ग फागोले बताउनुभयो । बैठकले पछिल्लो मन्त्रिपरिषद् बैठकबाट सरकारले गरेको परिपत्रलाई कार्यान्वयन गर्ने निर्णय पनि गरेको उपप्रमुख लक्ष्मीदेवी भण्डारीले जानकारी दिनुभयो ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…