• दिपक बस्नेत
    दोलखा - दोलखाको तामाकोशी गाउँपालिकाले आजदेखि दीर्घरोगभएका नियमित औषधि सेवन गर्ने पालिका भित्रका माहानुभावलाई औषधि वितरण कार्य सुरु गरेको छ ।



    विश्वव्यापि रुपमा फैलिएको कोरोना भाइरसले गर्दा देश लकडाउन भइरहेको जटिल अवस्थामा नियमित औषधि सेवन गर्ने माहानुभावहरुको समस्याको समधानको लागि गाउँपालिकाले निशुल्क औषधि वितरण गर्ने निर्णय गरेको थियो ।


    तामाकोशी गाउँपालिकाको बैठकको निर्णय अनुसार आजबाट पालिका भित्रका प्रत्येक वडाका स्वास्थ्य चौकिबाट दीर्घरोग भएका विरामिको लागि औषधि वितरण गरिएको तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलले जानकारि दिनुभयो । तामाकोशी गाउँपालिका भित्रका ५५० जना नागरिकलाई २९७ प्रकारका औषधि निशुल्करुपमा वडाका स्वास्थ्य चौकिबाट वितरण गरिएको अध्यक्ष पोखरेलको भनाई छ ।


    साथै उहाँले गाउँपालिकाको यो जटिल कामलाई सहयोग गर्नुहुने पालिका भित्रका सम्पुर्ण स्वास्थ्यकर्मिहरुलाई धन्यवाद व्यक्त गर्नुभएको छ । तथ्याङ्क सङ्कलनको क्रममा केही दीर्घरोगीहरु छुटेको गुनासो आएकाले पुनः तथ्याङ्क सङ्कलन गरी उनीहरुलाई समेत निशुल्क औषधि वितरण गरिने उपाध्यक्ष उर्मिला खड्काले बताउनु भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…