•  

    बैशाख २६, २०७७
    काठमाडौं । सामान्यतया संसद बैठकको पहिलो दिन सत्तारुढ र विपक्षी दलका नेताहरु उपस्थित हुने प्रचलन छ । तर, शुक्रबार सुरु भएको बजेट अधिवेशनको पहिलो दिनमै प्रधानमन्त्री तथा सत्तारुढ दलका नेता केपी शर्मा ओली संसदमा उपस्थित भएनन् । प्रधानमन्त्री ओली संसदमा नजानुको कारण भने अरु केही नभएर कोरोनाको स्वाब टेस्ट रिपोर्ट समयमै नआएकाले संसद नगएका हुन् ।

    नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ्का अनुसार प्रधानमन्त्री संसदमा जाने तयारीमा भएपनि रिपोर्ट नआएकाले रोकिएका हुन् । ‘विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तोकेका मापदण्ड पूरा गरेर मात्रै अधिवेशन सुरु गर्न निर्णय भएको थियो । उहाँ (प्रधानमन्त्रीज्यु) को पीसीआर टेस्ट गर्न थ्रोट स्वाब संकलन गरिएपनि रिपोर्ट समयमा आइपुगेन । त्यहीँ भएर उपस्थित हुन सक्नुभएन’, नेम्वाङले रातोपाटीलाई बताए ।

    प्रधानमन्त्री ओलीको थ्रोट स्वाब शुक्रबार मात्रै गरिएको थियो । कतिपय रिपोर्ट नआएका अन्य सांसदहरु पनि अर्कै लविमा बसेका थिए । शुक्रबार सुरु भएको बजेट अधिबेशनको पहिलो बैठकमा सत्तारुढ दल नेकपाका तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङले दलको तर्फबाट धारणा राखेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…