• पुष्कर खड्का
    काठमाडौ- ओखलढुङ्गामा आफ्नै बाबुबाट पटक–पटक बलात्कृत भएकी ओखलढुङ्गागाकी एक किशोरीको मृत्यु भएको छ । जिल्लाको सुनकोसी गाउँपालिका घर भएकी बलात्कृत क्यान्सर पिडित १५ बर्षिया किशोरीको उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो ।


    आफ्नै बाबुबाट पटकपटक बलात्कारमा परेकी ती किशोरीलाई उद्दार गरि परिवर्तनशील सामुदायिक संस्था ओखलढुङ्गाले सञ्चालन गरेको सेफ हाउसमा राखिएको थियो । किशोरीमा मानसिक तथा शारिरीक समस्या समेत देखिएपछि संस्थाको पहलमा उपचारका लागि काठमाडौ पठाइएको थियो ।



    उपचारको लागि ओखलढुङ्गाका विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले समेत सहयोग गरेका थिए । घुँडामा क्यान्सर देखिएपछि उनको उपचार, पालनपोषण तथा पढाइको जिम्मा काठमाण्डौँमा रहेको एसओएस बालग्रामले लिएको थियो ।



    उपचार पश्चात किशोरीको घुँडाको क्यान्सर निको भएपनी छ महिनापछि रगतको माध्यमबाट फोक्सोमा क्यान्सर संक्रमण भएको बताईएको छ । सोही संक्रमण कै कारण काठमाडौंमा उपचारकै क्रममा शुक्रबार किशोरीको मृत्यु भएको परिवर्तनशील सामुदायिक संस्था ओखलढुङ्गाकी अध्यक्ष पेमडोमा शेर्पाले जानकारी दिनुभयो ।

    छोरी बलात्कार गर्ने किशोरीका बाबुलाई जिल्ला अदालत ओखलढुङ्गाले ३७ वर्ष ६ महिना जेल सजाय तोकेको छ । उनी अहिले कारागारमा सजाय भुक्तान गरिरहेका छन् । किशोरीका आमाले भने दोश्रो विवाह गरेकी थिईन् । बाबुबाट बलात्कारमा परेकी ती किशोरीलाई छिमेकीको सहयोगमा उद्दार गरिएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…