• पुष्कर खड्का

    काठमाडौ - रामेछाप जिल्लाको लिखुतामाकोशी गाउँपालिकाको वडा नम्बर ३ का वडा अध्यक्ष यमबहादुर महतले लक डाउनका कारण ५ सय भन्दा बढी घर परिवार खाद्यन्न अभावको संकटमा पर्न सक्ने बताउनु भएको छ ।



    विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लक डाउनका कारण ३ नम्बर वडा अन्तर्गत रहेका ६ सय ७५ घरधुरी मध्ये ५ सय घरपरिवार निकट भविष्यमै खाद्यन्न अभावको संकटमा पर्नसक्ने उहाँले बताउनुभयो । अहिले खाद्यन्न अभावको संकटमा पर्‍याे भनेर केही घरपरिवारबाट आफूलाई फोन सम्पर्कमार्फत गुनासो आएको अध्यक्षको भनाई छ ।







    राहत वितरण सम्बन्धी कार्यविधि बनाएर समस्यामा परेका व्यक्तिहरुलाई राहत वितरण गर्ने व्यवस्था गर्नुपर्छ भनेर आफूले पालिकासँग समन्वय गरिरहेको अध्यक्ष महतले बताउनुभयो । वडा अन्तर्गतको स्वास्थ्य संस्थामा आवश्यक औषधीको व्यवस्था गर्नुको साथै उपचारमा खटिनुपर्ने स्वास्थ्यकर्मीहरुको लागि मास्क, पीपीई सेट लगायतका आवश्यक स्वास्थ्य सामाग्रीको व्यवस्था गरिएको वडा कार्यालयले जनाएको छ ।






    नियमित औषधीको सेवन गर्दै आएका दीर्घ रोगीहरुको लागि पनि आवश्यक औषधीको व्यवस्था गरिने उहाँको भनाई छ ।
    यसैबीच, अध्यक्ष महतले चालु आर्थिक वर्ष २०७६÷०७७ मा सञ्चालन गर्ने भनिएका विकास निर्माणका योजनाहरुको अझैँ सम्झौता नभएको बताउनु भएको छ ।



    चालु वर्ष सञ्चालन गरिने योजनाहरुको उपभोक्ता समति गठन गर्ने काम भइरहेको उल्लेख गर्दै उहाँले हालसम्म कुनैपनि योजनाको सम्झौता नभएको बताउनुभयो । पालिकामा प्रशासकीय अधिकृत नभएका कारण विकास निर्माणका योजनाहरुको सम्झौता गर्न नसकिएको उहाँको भनाई छ । radiotiphadee

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…