• काठमाडौं , २७ बैशाख । काठमाडौंस्थित चिनियाँ दुतावासले नेपालमा रहेका आफ्ना नागरिकहरुलाई नेपालको कानुन र नियम कडाइका साथ पालना गर्न निर्देशन दिएको छ ।

    शुक्रबार सिंहदरबर परिसरमा चिनियाँ नागरिकको धर्ना र नेपाल प्रहरीमाथि भएको हातपातको घटनालाई लिएर चिनियाँ दुतावासले सो निर्देशन दिएको हो । दुताबासले घट्नालाई पूर्णरुपमा सुल्झाइएको पनि दावी गरेको छ । दूतावासले चिनियाँ नागरिकहरुलाई अनावश्यक बाहिर ननिस्किन र अन्तर्राष्ट्रिय उडानमाथि लगाइएको प्रतिबन्ध खुला नहुँदासम्म धैर्यतापूवर्क बस्न आग्रहसमेत गरेको छ ।

    https://youtu.be/QWUBILZlLzU

    प्रवक्ता लुअनले नेपाल अहिले कोभिड–१९ का कारण लकडाउनलाई कार्यान्वयनमा गर्ने अवस्थामा रहेको उल्लेख गर्दै चिनियाँ दूतावासले यो परिस्थितिमा यहाँ रहेका आफ्ना नागरिकहरुलाई आवश्यक सहकार्य गर्न भनेको बताएका छन् । भिसा थप्न र स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबारमा धर्ना दिएका चिनियाँ नागरिक र प्रहरीबीच शुक्रबार झडप भएको थियो । झडपमा डीएसपी, एकजना महिला प्रहरी र करिब तीनजना चिनियाँ नागरिक घाइते भएका छन् ।

    ‘लकडाउन’को समयमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्नेक्रममा झडप भएको हो । दूतावासका अनुसार यसअघि चिनियाँ दूतावासले नेपाल सरकारसँग सहकार्य गरेर ३४० जनालाई चीन फिर्ता लगेको जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…