पुष्कर खड्का
काठमाडौ - रामेछाप जिल्लाको सुनापति गाउँपालिकामा एक युवक मृत अवस्थामा फेला परेका छन् । मृत भेटिनेमा गाउँपालिकाको वडा नम्बर १ का २१ वर्षीय विशाल धमलालाई आज बिहान घर नजिकैको जंगलमा झुन्डिको अवस्थामा मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
रामेछापका प्रहरी प्रवक्ता टेकेन्द्र पौडेलका अनुसार गएराति घरबाट निस्किएका उनलाई घरदेखि करिब १ किलो मिटरको दुरीमा सल्लाहको रुखमा पासो लगााएर झुण्डिएको अवस्थामा फेला पारिएको हो ।
मृतकका बाबु काठमाडौँमा भएकाले बाबू आएपछि मात्रै शव उठाउने भनेर अहिलेसम्म शवलाई घटना स्थलमै राखिएको प्रहरीले जनाएको छ । उनको मृत्युको कारण के भन्नेबारे अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ