युबराज रेग्मी बैशाख २८ ,झापा / कालापानी लिपुलेक र लिम्पियाधुरा कब्जाको रणनीतिमा लागेको भारतीय बिस्तारवाद बिरुद्द नेबि संघ ले आज झापाको कमल गाउपालिका वडा न ५ को मंगलबारेमा भारतिय प्रम मोदिको पुत्ला दहन गरेका छ्न ।
भारतले हिजो लिपुलेक बाट चीन जाने मार्ग भिडियो कन्फरेन्स गरि उद्घाटन गरे पश्चात् यश बिसयमा देस भर बिरोधका आवाज आएको बेला झापा जिल्लाका नेबि संघले गो ब्याक ईन्डिया लेखेको ब्यानर सहित नेपाली राष्ट्रिय झन्डा बोकेर मातृभुमि र देसभक्तीभाब दर्साउदै भारतिय बिस्तारबादको बिरोध गरेका हुन ।
ने बि संघ झापा जिल्ला सदस्य आशिष् लेप्चाको नेतृत्वमा आयोजित बिरोध कार्यक्रम कमल गाउपालिका निवासी कोटेश्वर बहुमुखी क्याम्पसका पुर्ब स्वबियु सभापती महेन्द्र भट्टराईले सम्योजन गरेका थिए । कार्यक्रममा नेपाल बिध्यार्थी संघ गौरादह सभापती बाबुराम नेपाल लगायतको उपस्थिती रहेको थियो ।