• पुष्कर खड्का

    काठमाडौं - आज (आइतबार) देखि सरकारी कार्यालय र बैंक वित्तय संस्था खुलेसँगै काठमाडौं उपत्यका सवारी जाम भएको छ । उपत्यकाको आजको दृश्यले लकडाउन हटिसकेको हो कि भन्ने आभाष गरेको छ । आइबार बिहान कार्यालय समय शुरु हुने बेला सुन्धारा क्षेत्र लगायत उपत्यका अन्य ठाउँमा गाडीहरुको लामो जाम थियो ।



    आइतबारदेखि सरकारी कार्यालय तथा बैंक वित्तय संस्था खुल्ने भएकाले काठमाडौं उपत्यकामा गाडी चलाउन टाईम कार्ड लागू भएको हो ।महानगरीय ट्राफिक महाशाखाका प्रमुख भिम प्रसाद ढकालका अनुसार सरकारी कार्यालयका कर्मचारीलाई बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय जान र बेलुका ५ बजेदेखि ६ बजेसम्म घर फर्कन समय तोकिएको छ ।



    त्यस्तै बैंक तथा वित्तिय संस्थाका कर्मचारीलाई बिहान ९ बजेदेखि साढे १० बजेसम्म गइसक्नुपर्ने र बेलुका साढे ३ बजेदेखि ५ बजेसम्म फर्कनुपर्ने छ ।उपत्यकाको प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरी लगायतका सरोकाल निकायबीच भएको छलफलमा तोकिएका सवारी साधनमात्र चलाउन पाइने गरी टाईम कार्ड लागू गरिएको हो ।





    यसैगरी खाद्यन्न, तरकारी तथा अत्यावश्यक खाद्यय सामग्री बिहान १० बजेभित्र ढुवानी गरिसक्नुपर्ने छ । निर्माण सामग्री बोकेका ठूलो सवारीलाई बेलुका ८ बजेदेखि र बिहान ६ बजेअघि उपत्यकाभित्र प्रवेश गर्न पाउने व्यवस्था गरिएको छ । औषधि र खानेपानीका सवारी सधानको हकमा भने टाईम कार्ड लागू हुने छैन ।






    विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकराले गत वर्ष चैत ११ गतेदेखि देशभर लकडाउन घोषण गरेको छ । यो लकडाउन अवधि लम्बाउँदै आगामी महिना जेठ ५ गतेसम्म पुर्याएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…