पुष्कर खड्का
काठमाडौ -रामेछापबाट काठमाडौ लादै गर्दा एम्बुलेन्समा बाटोमै जन्मिए दुई बच्चा ।जिल्लामा सुत्केरी हुन नसकेपछि रामेछाप नगरपालिका वडा नम्बर ७ सुकाजोरकी विन्दा बस्नेत कार्की र सुनापति गाउँपालिका वडा नम्बर ४ बेथानकी सर्मिला पाण्डेलाई समाजसेवी पुर्ण बहादुर तामाङ कान्छारामले जिल्लामा निशुल्क रुपमा सहयोग गरेको एम्बुलेन्समा काठमाण्डौ लैजादैँ गर्दा बाटोमै बच्चा जन्मिएका थिए ।
बाटोमै बच्चा जन्मिए पछि नेपाली काँग्रेसका नेता एवं समाजसेवी पूर्ण बहादुर तामाङ कान्छारामले एम्बुलेन्समै जन्मिएका दुई बच्चालाई पढाई देखि विहेदानसम्म गरिदिने र स्वास्थ्य उपचारको लागि लाग्ने खर्च आफूले बेहोर्ने बताउनुभएको छ ।
तामाङले रामेछाप जिल्लाका विरामीलाई काठमाण्डौ सम्म निःशुल्क लैजाने समेत व्यवस्था मिलाउनुभएको र तामाङले जिल्लाका विभिन्न क्षेत्रमा एक दर्जन भन्दा बढी एम्बुलेन्स निशुल्क रुपमा प्रदान गर्नुभएको छ ।