• झापा र भोजपुरका पुरुषले पनि जिते कोरोना ,
    विराटनगरबाट डिस्चार्ज हुनेको संख्या १६ पुग्यो
    विराटनगर । विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका थप दुईजना आईतबार डिस्चार्ज भएका छन् ।
    कोरोनामुक्त भएका झापा र भोजपुरका एक–एक जना डिस्चार्ज भएका हुन् । भोजपुरका २७ वर्षीय युवक १० वैशाखमा अस्पताल भर्ना भएका थिए । साउदी अरबबाट आएको ४१ दिनपछि युवकमा कोरोना देखिएको थियो ।\

     

    झापा दमकका ६३ वर्षीय वृद्धलाई १२ वैशाखमा कोरोना देखिएपछि कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको थियो । संक्रमित वृद्धका छोरा बैदेशिक रोजगारीबाट फर्किएका थिए । उनीहरू दुवैको रिपोर्ट आइतबार नेगेटिभ आएको हो । ‘उहाँहरूको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरेका छौं,’ कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रका प्रमुख डाक्टर दीपक सिग्देलले भने, ‘जनप्रतिनिधिको समन्वयमा उहाँहरू घरमा नै क्वारेन्टाइन बस्नुहुन्छ ।’

     

    आइतबार दुईजना डिस्चार्ज भएसँगै कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ । बुधबार ६ र शुक्रबार ८ जना डिस्चार्ज भएका थिए । १६ जना डिस्चार्ज भएपनि अस्पतालमा चारजना बिरामी थपिएका छन् । डा। सिग्देलका अनुसार उदयपुरमा संक्रमण देखिएका चार महिला अस्पताल भर्ना भएका हुन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…