पुष्कर खड्का
काठमाडाैं – नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १२० पुगेको छ ।
मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का हुन् । उनीहरु १८ देखि ३४ वर्ष उमेर समूहका पुरुषहरु छन् । संक्रमित सबै जनालाई अस्पताल लैजाने तयारी भएको मन्त्रालयले जनाएको छ।
संक्रमितहरू कपिलवस्तुको यशोधरा गाउँपालिका ५, र बुद्धभूमि गाउँपालिका ७ र १० निवासी हुन् । उनीहरू १८, १९, २०,२०, २४, ३०, ३१, ३४, ३४ वर्षीय पुरुषहरू रहेका छन् । यस्तै १ जना उमेर नखुलेको पुरुषमा पनि संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह(प्रवक्ता डा। समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।