•  

    सरोज बस्नेत
    उर्लाबारी । मोरङको मिक्लाजुङ गाउँपालिकामा नौलो नाम होइन, छत्र डाँगी । मधुमल्ला बजारमा लामो समयदेखि साझा हस्पिटल सञ्चालन आएका डाँगी सामाजिक व्यक्तित्व हुनुहुन्छ ।

     

     

    गरिब तथा विपन्न समुदायको निःशुल्क उपचार गर्दै आएका डाँगीले आफ्नो क्षमताले भ्याएसम्म गरिब तथा असहायलाई सहयोग गर्दै आउनुभएको छ । यतिबेला कोरोना भाइरसको संक्रमणले विश्व त्रसित बनिरहेकोले ४६ दिनदेखि लकडाउन जारी रहँदा दैनिक मजदुरी गर्ने, असहाय तथा विपन्न परिवार पीडित बनिरहेका छन् । सोही अवस्थालाई मध्यनजर डाँगीले विगत एक हप्तादेखि निःशुल्क खाना खुवाउने अभियान सुरु गर्नुभएको छ ।

     

     

    दैनिक दुई सयभन्दा बढिलाई खाना खुवाउने गरेको डाँगीले बताउनुभयो । विशेषगरी गरिब, विपन्न, अशक्तहरुलाई निःशुल्क खाना बरदान नै सावित भएको छ । हप्तामा एक पटक मासु खानाको ब्यवस्था गरिएको छ भने ६ दिन सादा खानाको व्यवस्था गरिएको छ ।

     

    https://www.youtube.com/watch?v=WQcegIjwCAw&feature=youtu.be&fbclid=IwAR0xhxMo9TbRUUjJ9rkMy0f2xtZoOBMN40x5W8JZoIFXML_2mcvtdgtitaE

    लकडाउनभरी निःशुल्क खाना खुवाउने घोषणा डाँगीले गर्नुभएको छ । आगामी दिनमा बाँचुञ्जेल सामाजिक सेवामा समर्पित रहने भन्दै उहाँले भन्नुभयो, ‘अहिले समाजसेवाका काममा नै मेरो दिन वित्ने गरेको छ । गरिब तथा विपन्न समूदायको दर्दनाक अवस्थाको जानकारी पाएमा सकेको सहयोग पनि मेरोतर्फबाट गर्ने गरेको छु ।’ सुरुमा डाँगीको एकल प्रयासमा सुरु भएको अभियानमा यतिबेला सहयोग जुट्न थालेपछि उहाँलाई थप हौसला मिलेको छ ।

     

     

    सरकारको अभियानलाई सार्थक बनाउन आफूले निःशुल्क खाना खुवाउने अभियान सुरु गरेको डाँगीले बताउनुभयो । निस्वार्थ रुपमा सामाजिक सेवामा समर्पित भएर अघि बढ्ने लक्ष्य रहेको उहाँले सुनाउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…