• बैशाख २९, २०७७ सोमबार
    सांसद गगन थापाले संसदमा कविता वाचन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्नुभएको छ ।

    भारतले नेपाली भूमि मिचेको, विदेशमा अलपत्र परेका नागरिकहरुको पीडा सरकारले नसुनेको विषयमा थापाले कविताबाटै प्रधानमन्त्रीको आलोचना गर्नुभएको हो ।

    भारतले नेपाली भूमि मिचेको विषयमा थापाले कविताको पहिलो हरफमा भन्नभुएको छ, ‘छैन यहाँ देशको नक्सा मेटिएको, न त लिपुलेकलाई डोजरले रेटिएको, यस्तो सबल सरकार छ सीमा कसले मिच्ने, कोही छैनन जोरी खोज्ने को ही छैन्न हेप्ने ।’’

    थापाले कोरोना महामारीको समयमा गरिब जनताले राहत नपाएको, विदेशमा अलपत्र परेका नागरिकहरुको आवाज सरकारले नसुनेको भन्दै ब्यंग्य गर्नुभएको छ ।

    कविता यस्तो छ :

    म त भाग्यमानी

    छैन यहाँ देशको नक्सा मेटिएको

    न त लिपुलेकलाई डोजरले रेटिएको

    यस्तो सबल सरकार छ सीमा कसले मिच्ने

    कोही छैनन जोरी खोज्ने को ही छैन्न हेप्ने

    सयौँं कोस हिड्दा पनि श्रमिक छैनन आहत्

    गरिबलाई सम्मान छ गरिबलाई राहत

    विदेशमा कोही पनि अलपत्र छैनन्

    दुःख पीडा सुनाउने ती नेपाली नै होइनन् ।

    जनताको ब्यथालाई ध्यान दिएर सुन्ने

    कृषक साना व्यापारीको सारै मर्म बुझ्ने

    भ्रष्टाचारलाई नसहने सरकारको छ नि

    हावादारी हल्ला हुन ओम्नी र यती

    सबैतिर वाह वाह यस्तो विकास देख्दा

    पत्रकार नि दंग छन् यी समाचार लेख्दा

    कोमल हृदयका प्रधानमन्त्री आँसु कवि हाम्रा

    दिन नबिराइ सिर्जना छ, आहा कति राम्रा

    राहत खोज्दै आउनेलाई तिनै गीत दिउँला

    गीत कविता भट्याउँदै कालापानी जाउँला

    सारा नेपाल हाँसेको छ मेची काली गाउँछ ।

    आँसु आए बरु त्यही गीतले आउँछ ।

    यस्तो नायक गजबका ल्यायौँ जानी जानी

    ओहो हामी नेपाली त सारै भाग्यमानी

    आ हो साह्रै भाग्यमानी, म त भाग्यमानी ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…