• काठमाडौं। राष्ट्रियसभा सदस्य तथा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट विगतको निरन्तरता भन्दा पनि नयाँ सोचमा आधारित हुनुपर्ने बताएका छन्। सोमबार राष्ट्रिय सभाको बैठकमा नेता श्रेष्ठले अहिलेको आवश्यकता र नयाँ सोचका आधारमा बजेटका सिद्धान्त र प्राथमिकता निर्धारण गर्न सरकारलाई सुझाव दिए।

    उनले भनेका छन्, ‘समाजवाद उन्मुख समृद्धि नेपाल बनाउने काममा आजैदेखि अघि बढ्न जरुरी छ। यो निरन्तरताको बजेट हुनु हुँदैन। नयाँ सोचको बजेट आउनु पर्दछ।’ वर्तमान आवश्यकतालाई मध्यनजर गर्न नसक्दा बजेट विगतको निरन्तरता हुनसक्ने तर्फ उनले सचेत गराए।

    अनावश्यक महत्वकांक्षी नबनाईकन अर्थतन्त्रलाई चलायमान बनाउने गरी बजेटको आकार निर्धारण गर्न उनले आग्रह गरे। ‘प्रि बजेट छलफलमा आएको वक्तव्यमा प्राथमिकता अमूर्त हुन खोज्दैछ। प्राथमिकता स्पष्ट हुनुपर्छ। कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचार, विपद् जोखिम न्यूनीकरण व्यवस्थापनका निम्ति आवश्यक व्यवस्थामा ध्यान हुनुपर्छ।’

    वर्तमान सरकार इतिहासको नयाँ खालको सरकार भएकाले देशलाई समृद्ध बनाउने कुरामा ध्यान दिएर बजेट ल्याउनुपर्ने नेता श्रेष्ठको भनाइ छ। उनले प्रकृतिमैत्री, समावेशी वृद्धि, सामाजिक न्याय, श्रमजीवी वर्ग केन्द्रित समाजवाद उन्मुख, मानव केन्द्रित भएर विज्ञान र प्रविधिको अधिकतम चिजहरूको उपयोग गर्ने, दिगो विकासको चरित्र बोकेको र आत्मनिर्भर अर्थतन्त्रको दिशातर्फ जाने किसिमको विशेषता भएको बजेट निर्माण गर्न सुझाव दिए।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…