काठमाडौं : भारतले नेपाली भूभागमा एकलौटी तवरले बाटो बनाएको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ।
सोमबार बबरमहलबाट प्रहरीले १८ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ। प्रदर्शनकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेका छन्।
लिपुलेक–कालापानी क्षेत्रको नेपाली भूभागसमेत पर्ने गरी भारतले धार्चुला हुँदै मानसरोवर जाने बाटो उद्घाटन गरेपछि नेपालमा आन्दोलन जारी छ।