• पुष्कर खड्का
    काठमाडौ - विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्ने कपिलवस्तु शिल गर्ने निर्णय भएको छ। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई जेठ ५ गतेसम्म सिल गर्ने निर्णय भएको हो । जिल्ला सुरक्षा समितिको बैठकले आइतबार ५ बजेदेखि लागू हुने गरी जिल्लालाई सील गर्ने निर्णय गरेको हो।


    सोमबार मात्रै जिल्लाको यशोधरा गाउँपालिकामा ८ जना र बुद्धभूमि नगरपालिकामा २ गरी १० जना कोरोना संक्रमित भेटिएका थिए । थप सर्तकता अपनाउँदै जिलला सिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिएका छन् ।



    पछिल्लो समय भारतबाट लुकिछपी आउने क्रम बढेको छ । त्यहाँका संक्रमितहरु पनि भारतबाट आएकाहरुमा देखिएको हो । अहिले सीमा नाकामा २१ सयभन्दा बढी नेपाली जम्मा भएका छन् । सोमबारसम्म मात्रै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या १५ पुगेको छ ।


    प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पाैडेलकाअनुसार यस अवधिमा अत्यावश्क बस्तुहरु खाद्यान्न, तरकारी, फलफूल, दुध, पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन, एम्बुलेन्स मात्र चल्न पाइनेछन्। यस्तै पूर्वपश्चिम राजमार्गमा चल्ने सवारी साधन चल्न पाउने तर जिल्ला भित्र ओराल्न र चढाउन पाउने छैनन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…