• आरएन चौधरी थारु
    क्वालालम्पुर मलेसिया - मलेसियामा कम्पनीमा कार्यरत एक नेपाली श्रमिक सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका छ्न ।

    मलेसियाको जोहोरबारु राज्यमा अवस्थित मियाउ मियाउ ( miaow miaow food products sdn.bhd.) नामक चिप्स लगायतको खाद्य सामाग्री उत्पादक कम्पनीमा कार्यरत अर्जुन नेपाली ( सुर्खेती ) आईतवार साझ करिब ०४:०० बजेतिर साईकलमा सवार भैई कम्पनीबाट आफ्नो कोठामा फर्किने क्रममा बिपरित दिशाबाट आएको मलेसियाको स्थानीय नागरिकको गाडीले ठक्कर दिइएको कम्पनी क्ष्रोतले जानकारी गराए ।

    अर्जुन बिगत १० बर्षदेखी सो कम्पनीमा कार्यरत रहेका थिए , जानकारी आए अनुसार घटना स्थलमा पुगेको स्थानीय पुलिसको भनाई अनुसार अर्जुनले रक्सी सेवन गरेकोले अगाडिदेखि आईरहेको गाडीलाई नदेखेर साईकल कन्ट्रोल गर्न नसकेर ठोकिन् पुगि दुर्घटना भएको बताइएको छ। तर यता सोही कम्पनीमा संगै कामगर्ने उनका साथीहरुसंग टेलीफोन सम्पर्क गरेर घटना बारे बुझ्दा अर्जुनले हिजो आईतवार रक्सी , दारु सेवन नगरेको बताएका छ्न ।उनका साथीले भने ” हो कहिलेकाही उहाँले रक्सी सेवन गर्नुहुन्थ्यो तर बेलुकाको समयमा मात्रै , यसरी साझ ०४:०० बजेतिर नै खाने बानी उनको थिएन र मान्छे पनि एकदमै नरम , शालीन मिलनसार स्वभावको रहेको बताए ।



    गम्भीर घाइते अर्जुनको अहिले जोहोरमै अवस्थित सुल्तान हस्पिटलमा उपचार भैईरहेको छन । अहिलेसम्म डाक्टरले बताए अनुसार उनको खुट्टा भाचिएको र बाकी कुन कुन अंगमा कति असर परेको छ्न भन्ने बारे बिस्तृत रुपमा रिपोर्ट आईसकेपछी बल्ल थाहा पाउन सकिने सोही कम्पनीमा कार्यरत एक कामदारले बताए । नेपाल गोर्खा जिल्ला निवासी बताइएको गम्भीर घाइते अर्जुनको घरमा आमाबुबा,श्रीमती,एक छोरा र एक छोरी रहेको जनाएका छ्न ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…