काठमाडौ - नेपालको भूमि मिचेर भारतले लिपुलेकमा सडक बनाएको विरोध गर्दै नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल उर्लाबारी नगरसमितिले विरोध प्रदर्शन गरेको छ ।
आज उर्लाबारी नगरपरिक्रममा गर्दै भारतको हेपाहा प्रवृतिको विरोध जनाएका हुन् । जुलुसमा सहभागीले ‘भारतीय विस्तारवाद मुर्दावाद, हाम्रो भूमि फिर्ता गरलगायतका नारा लगाएका थिए ।
https://youtu.be/npJxfyKx5oY
कोषसभामा तरुण दलका उर्लाबारी सभापति रोहित कार्कीले नेपालको भूमि मिचेर भारतले लिपुलेकमा सडक बनाएकोप्रति गम्भिर ध्यानाकर्षण भएको बताउँदै नेपाली भूमि फिर्ता गर्नु पर्ने धारणा राख्नुभयो ।
त्यस्तै, विद्यार्थी नेता सुजित जैसवालले भारतले बर्षेनी सीमा अतिक्रमण गरी हेपाहा प्रवृति देखाएकाले सशक्त तरिकाले अघि बढ्न आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारले गम्भिर ढंगबाट वार्ता गरी नेपालको भूमि फिर्ता ल्याउनु पर्नेमा जोड दिनुभयो । कोषसभा कार्यक्रममा कांग्रेसका नेत्र आपागाईले सञ्चालन गर्नुभएको थियो ।