•  

    काठमाडौं । संसद्को वर्षे अधिवेशन सुरु भएपछि प्रधानमन्त्री केपी शर्मा ओली संसद्मा उपस्थित भएका छैनन् । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, अरु प्रतिपक्षी दल र व्यक्तिगत रुपमा सांसद्हरुले पनि संसद्मा प्रधानमन्त्रीको उपस्थितिको माग गरिरहेका छन् ।

    तर सभामुख अग्नी सापकोटाले सदनमा उठेको महत्वपूर्ण मागको वेवास्ता गर्दै प्रधानमन्त्रीलाई संसदमा उपस्थित हुन निर्देशन गर्न सकेका छैनन् । यसप्रति सांसद्हरुले आपत्ति समेत जनाईसकेका छन् ।

    मंगलबार नेपाली कांग्रेसका सांसद् दिलेन्द्रप्रसाद बडुले शुन्य समयमा बोल्दै प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउन सभामुखसँग माग गरे । सांसद् बडुले प्रधानमन्त्री ओली संसद्मा उपस्थित नभएकामा टिप्पणी गर्दै भावी प्रधानमन्त्रीको छनौट भैसकेको भन्ने समाचार सुनेको भन्दै यथार्थ जानकारीको माग पनि गरे ।

    साथै आजको बैठकमा सीमा अतिक्रमण र कोरोना भाइरस संक्रमणबारे सरकारको पर्याप्त ध्यान र योगदान नपुगेको भन्दै सांसद्हरुले विरोध गरे ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…