पुष्कर खड्का
काठमाडौँ - नेपाल पत्रकार महासंघका २ जना पत्रकारलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । पर्सामा ३९ संक्रमितमध्ये नेपाल पत्रकार महासंघ पर्साका पदाधिकारीसहित २ जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
नेपालमा पत्रकारमा संक्रमण देखिएको यो पहिलो पटक हो । नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेड डा. मदन उपाध्यायले संक्रमितमध्ये २ जना पत्रकार भएको पुष्टि गरेका हुन् ।
वीरगञ्जमा पहिलो पटक ३१ चैतमा तीन जना जमातीमा संक्रमण देखिएको थियो भने छपकैयामा एकै परिवारका १८ जनामा संक्रमण पुष्टि भएको छ । वीरगञ्जका पत्रकारहरले जोखिम मोलेर रिपोर्टिङ गर्दै आएका थिए ।