•  

    काठमाडौं : काठमाडौँको माइतीघरमा भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बत क्षेत्रमा रहेको मानसरोवरसम्म पुग्ने बाटो निर्माण गरेको विरोधमा शान्तिपूर्ण दबाब दिन आएकाको भिडियो फोटो खिच्दै युटुबर। प्रेस पास बनाएर निर्वाध रुपमा हिँड्न पाउने भएपछि लकडाउनमा समेत युटुबरको भिड लाग्ने गरेको छ। देशभर कोरोना संक्रमितको संख्या २१७ पुगिसक्दासमेत पत्रकार भने बिना सुरक्षा प्रेस पास बोकेर फिल्डमा दौडिरहेका छन् । ‘जति धेरै भ्यू उति धेरै डलर’ आउने लोभले युटुबर अझ दौडिएका देखिन्छन् । यसले पत्रकारमाथि जोखिम बढेको देखिएको छ । मंगलबार मात्र वीरगन्जका दुई पत्रकारमा कोरोना पोजिटिभ पुष्टि भएको छ ।

    सामाजिक दूरी कायम गर्नु पर्ने नियम उलंघन गरेर उनीहरु भिडभाड गरेको दृश्यलाई अन्नपूर्णका लागि उमा विष्टले कैद गरेकी छन्।



    (अन्नपूर्ण पोष्टबाट)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…