• कोरोना भाइरस नियन्त्रणका लागि लाक डाउन गरिएपनि देशभरी नै जनस्तरबाट यसको उल्लङ्घन हुन थालेको भन्दै प्रशासनले थप कडाई गर्ने भएको छ । लकडाउन जनस्तरबाट उल्लघन गर्ने बढेको भन्दै प्रहरी प्रशासनले लकडाउनमा कडाई गर्न लागेको हो ।

     

    चैत ११ बाट जारी लक डाउनको समय लम्बिदै गएपछि सर्वसाधारण र स्थानीय तहहरुले यसको उल्लंघन गरिरहेका छन् । लक डाउनको चौतर्फी उल्लङ्घन हुन थालेपछि गृहमन्त्रालयले लक डाउन कडाई गर्न निर्देशन दिएको छ । गृहले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गर्दै लक डाउन उल्लंघन गर्न नदिनका लागि आवश्यक कदमहरु चाल्न निर्देशन दिएको हो ।

     

    सवारी पास नभएका सवारी पनि चलेको पाइएको भन्दै गृहले प्रमुख जिल्ला अधिकारीलाई थप कडाई गर्न पत्राचार गरेको हो । अहिले सम्म जारी भएको पासलाई समेत रद्ध गरेको गृहमन्त्रालयले जनाएको हो । अनाश्यक हिडडुल गर्नेहरुलाई प्रहरीले पक्राउ समेत गर्ने प्रहरी अधिकारीहरुले बताएका छन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…