पुष्कर खड्का
काठमाडौँ - रामेछापका एक युवकलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पूर्वगृहमन्त्री एवं नेकपाका नेता भीम रावलको घरमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवानलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
२७ वर्षीय जवानको स्थायी घर रामेछाप भएको र उनी भक्तपुरको चाँगुनारायण नगरपालिका,दुवाकोटामा अस्थायी रुपमा बस्दै आएको बताइएको छ ।
ती जवान सशस्त्र प्रहरी बलको नीलबाराही गणमा कार्यरत रहेको र उनको अहिले टेकु अस्पतालमा उपचार भइरहेको छ । जवानमा कसरी संक्रमण भयो भन्ने प्रस्ट नभएको प्रहरीले जनाएको छ ।