पुष्कर खड्का
काठमाडौ - दोलखाको कालिञ्चोक गाउँपालिका सुन्द्रावतीमा बा ४ ख ४७४४ नम्बरको टिपर दुर्घटना हुँदा एक युवाको मृत्युु भएको छ । मृत्युु हुनेमा भीमेश्वर नगरपालिका–१, सुस्पाक्षमावतीका २९ वर्षिय चालक अशोक कुमार थामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ।
प्रहरीका अनुसार सिंगटी बजारबाट सदरमुकाम चरिकोटतर्फ आउँदै गरेको टिपर आफैं अनियन्त्रित भई दुर्घटना भएको र टिपरमा चालक थामी मात्रै सवार रहेको प्रहरीले भनाइ छ। टिपर अन्दाजी सडकबाट करिब १०० फिट तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा परि गम्भीर घाइते भएका थामीको प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा उपचार हुन नसकेपछि धुलिखेल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको दोलखाका प्रहरी प्रवक्ता रेशम बोहोराले जानकारी दिनु भयो ।