पुष्कर खड्का 
काठमाडौ  – नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काभ्रेको धुलिखेल अस्पतालस्थित ल्याबमा परीक्षण गर्दा बाँकेका ३६ वर्षका युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१८ पुगेको छ । 
 
 
                                
 
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        