दिपक बस्नेत
दोलखा - दोलखा जिल्ला तामाकोशी गाउँपालिका वडा नम्वर चार फेवातालमा अबस्थित सेतिदेवि प्रथामिक विद्यालय जोखिममा रहेको विद्यालय भवन जोखिम न्युनिकरण भएको छ ।
तामाकोशी गाउँपालिकाले आर्थिक बर्ष २०७६ ७७ मा विद्यालय अगाडी ग्राउण्ड र रेलिङ्ग बनाउँनको लागि बजेट विनियोजन गरेको थियो । तामाकोशी गाउँपालिकाको सात लाख अठसठ्ठि हजार र जनश्रमदानबाट एक लाख तीन हजार सात सय पच्चिस रुपयाँ लागतमा ग्यविन सहितको गाह्रो, रेलिङ्ग , सिडि बनाएको विद्यालयका शिक्षक मधव प्रसाद पोखरेलले जानकारि दिनु भयो ।
२०५४ सालमा स्थापित विद्यालय सानो ठाउँमा तयार गरियो एक दम समस्या थियो अहिले गाउँपालिकाको बजेट र जनश्रमदानबाट भौतिक रुपले सम्पन्न भएको नेकपाका नेता तथा पुर्व शिक्षक कुवेर प्रसाद पोखरेलले जानकारि दिनु भयो ।