• काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाह काठमाडौँ आउनका लागि झापा जिल्ला प्रशासनले बिहीबार जारी गरेको सवारी पास केही घण्टामै खारेज गरेको छ। झापाका जिल्ला प्रशासन प्रमुख उदयबहादुर रानामगरले सवारी पास खारेज गरिएको पुष्टि गरे।

    पूर्व राजा शाहका प्रतिनिधि सवारी पास लिनका लागि बिहीबार जिल्ला प्रशासन कार्यालय पुगेका थिए। प्रशासनले तत्कालै सवारी पास जारी गरेको थियो। त्यसको केही घण्टामै प्रशासनले सवारी पास खारेज गरिएको जानकारी गराएको थियो। गृह मन्त्रालयको आदेशमा झापा जिल्ला प्रशासन कार्यालयले पूर्वराजारानीको सवारी पास रद्द गरेको हो।

    ‘हामीले सुरुमा सवारी पास जारी गरायौँ। पछि गृह मन्त्रालयमा बुझ्दा हाम्रो आदेश नहुँदासम्म केही पनि नगर्नु भन्ने कुरा आयो। त्यसैलाई तत्काल हामीले फोन गरेर सवारी पास खारेज भएको निर्णय सुनायौँ’, झापाका सिडियो रानामगरले भने। पूर्व राजा र पूर्वरानी शुक्रबार राजधानी आउने कार्यक्रम थियो।

    गृह मन्त्रालयल‍े सोमबार निर्णय गर्दै एक जिल्लाबाट अर्को जिल्ला जान जारी गरिएका सम्पूर्ण सवारी पास रद्द गर्ने निर्णय गरेको थियो। यो निर्णय बिहीबारदेखि कार्यान्वयनमा आएको छ। बिहीबार नै गृह मन्त्रालयले एउटै जिल्लाभित्र पनि एक ठाउँबाट अर्को ठाउँ जान जारी गरिएका सबै सवारी पास रद्द गर्ने निर्णय गरेको छ।

    पूर्व राजा ज्ञानेन्द्र शाह लकडाउन सुरु हुनुअगावै पत्नी कोमलसहित झापा पुगेका थिए। झापामा रहेको आफ्नो हिमालय चिया बगानमा शाह दम्पती बसिरहेका थिए। पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेपछि सरकारले लकडाउनलाई कडाइ गरिरहेको छ।

    बाहिरबाट उपत्यका प्रवेश गरेकामा संक्रमण देखिएपछि प्रशासनले थप कडाइ गरेको छ। त्यसअघि काठमाडौं उपत्यकामा व्यवहारत: लकडाउन केही खुकुलो बनाइएको थियो।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…