• प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड –१९)को सामना गर्न नेपाली युवा एवं विद्यार्थीलाई आह्वान गर्नुभएको छ । एकतीसौँ युवा दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले नेपाललाई अविकासबाट विकासतिर, पछौटेपनबाट समृद्धितिर, गरीबीबाट सम्पन्नतातिर र परनिर्भरताबाट आत्मनिर्भरतातिर लैजाने संकल्पमा युवाको रचनात्मक सहभागिता हुने आशा व्यक्त गर्नुभएको छ ।

    तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घका संस्थापक अध्यक्ष ओलीले युवाले देशभक्ति, समानता, न्याय, सामाजिक सुरक्षा तथा सम्मानित जीवनसहितको आत्मनिर्भरताबाट राष्ट्र निर्माणमा योगदान हुने अपेक्षा पनि गर्नुभएको छ ।

    कोरोना महामारीपछि सिर्जना हुने सम्भावित बेरोजगारको पङ्क्तिलाई रोजगारी उपलब्ध गराउने उपायको खोजीमा सरकार रहेको बताउँदै सन्देशमा प्रधानमन्त्रीले भन्नुभएको छ ,“अहिले हामी रोजगारी र शिक्षाको अवसरका लागि विदेशिएका युवालाई स्वदेशमै रोजगारी र व्यवसायको अवसरको सिर्जना गर्न अग्रसर छौँ ।” विसं २०२२ जेठ १ गते अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र २०४७ साल जेठ १ गते तत्कालीन प्ररायुसङ्घ स्थापना भएको थियो । रासस

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…