काठमाडौँ, जेठ २ गते । पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ९ जनामा संक्रमण पुष्टि भएकने छ । योसँगै नेपालमा सङ्क्रमित संख्या २५८ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला, टेकु र भेरी अस्पतालमा गरिएकाे परीक्षणबाट साे पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । थप पुष्टि भएकामा मकवानपुरमा एक र बाँकेमा ८ जना रहेका छन् । जसमा मकवानपुर निवासी ३७ वर्षीय पुरूष, बाँकै नरैनापुरा १, ३ र ५ निवासी १८,२०,२२,२५,२५, २७, ३२, र ३६ वर्षका पुरूष रहेका छन् ।