काठमाडौ । नेपालमा पहिलो संक्रमण २०७६ माघ ९ गते देखिएकोमा दोस्रो संक्रमण देखिन करिव ६० दिन लागेको थियो । ५० जनामा कोरोना संक्रमण हुदा १ महिना ४ दिन लागकोमा ५० बाट एक सय पुग्न ११ दिन मात्र लागेको थियो ।
त्यसपछिका ४ दिनमा ३४ जना थप संक्रमित देखिए । १३४ बाट एकै दिन बढेर २१७ पुगेको तथ्यांक स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो । २१७ बाट २४५ जनामा संक्रमण देखिन केही घण्टा मात्र लाग्नुले नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको अनुमान गर्न सकिन्छ । अहिलेसम्म नेपालमा २५८ कोरोना संक्रमण प्रमाण्ति भएको छ । क्रमशः द्रुत गतिमा बढ्दै कोरोना संक्रमितको संख्या हेर्दा विश्व स्वास्थ्य संगठनले भनेझै तेस्रो, चौथो चरण नेपालले थेग्न सक्दैन कि भन्ने शंका गर्न थालिएको छ ।
कतिपय शिक्षित भनिएको परिवारका सदस्यहरु पनि कोरोना भाइरसको आशंकाबाट त्रसित बन्न थालेका छन् भने कोरोना भाइरस नियन्त्रण तथा उपचारका लागि ‘फ्रन्ट लाइन’मा सेवा गर्नेहरु मानसिक तनावमा परेका छन् । नर्स, चिकित्सक र सहयोगी कर्मचारीप्रति घर परिवार र साजले हेर्ने दृष्टिकोण परिवर्तन नहुने हो डिप्रेसमा जाने र आत्महत्य गर्नेको संख्या अत्याधिक हुन सक्ने मनोविदहरुको तर्कछ ।
हिजो मात्र नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमित संख्या २४९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धनुषा र धादिङका १ र १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, धनुषा निवासी १७ वर्षीय महिला र धादिङ निवासी ३० वर्षीय महिला संक्रमित भएका हुन् ।