• सागर शाक्य


    विश्वका सबैभन्दा पुराना १० वटा मुलुकहरुको सूचीमा नेपालको नाम पनि छ भन्ने सुन्दा हाम्रो छाती गौरवले फुल्छ । हजारौं वर्षको इतिहास नेपालले बोकेको छ । छिमेकी मुलुक भारत जन्मेको एक सय वर्ष पनि पुगेको छैन । तर भारतको राष्ट्रियता झन झन बलियो बनेर गइरहको छ । नेपालको झन झन कमजोर । यो दोष कसको ? नेपाली माटोको दोष हो त ? नेपाली जनताको दोष हो त ? कत्ति पनि होइन । किनकि नेपाली माटो विश्वको सर्वाधिक उचाईसम्म फैलिएको छ ।

    नेपाली माटोले गौतम बुद्ध, वेद व्यास, जनक, अष्टवक्र, सन्दिपनी जस्ता महामानवहरु जन्माएको छ । नेपाली जनता वीर गोर्खालीका नामले विश्वभर चिनिन्छन् । विश्वका उल्लेख्य मुलुकहरुको सार्वभौमिकताको रक्षामा वीर गोर्खालीहरुले योगदान पु-याएका छन् । गोर्खालीहरुको नाम सुन्ना साथ विश्वका धेरै मुलुकको मुटु काँप्छ । यति हुँदा हुँदै पनि पछिल्लो समयमा नेपालको राष्ट्रबाद कमजोर हुनुको एक मात्रै दोष यहाँका शासकहरुको हो । पृथ्वीनरायण शाह, वीपी कोइरालालगायतका केहीलाई अपवाद बाहेक हाम्रो मुलुकका सबै शासकहरुले व्याक्तिगत स्वार्थसँग राष्ट्रियतालाई साटेका छन् ।

    राजतन्त्र ढले पछि पनि नेपालमा भारतीय हस्तक्षेप कम भएको छैन उल्टै बढेको पो हो कि ? जस्तो देखिएको छ । नेपाली राजनीतिमा भरतीय हस्तक्षेप नाङो नाच जस्तै छ । यहाँ कस्लाई र कुन पार्टीलाई सहयोग गर्ने हो र त्यसपछि कस्तो किसिमको फाइदा लिने हो उसले राम्रोसँग ङ जानेको छ र प्रत्येक नेताहरुको मनोबिज्ञान बुझेको छ ।
    यतिसम्म भयो कि गत साता झापाको काँकडभित्ता क्षेत्रबाट एक हुल भारतीय नागरिकहरु जवरजस्ती नेपाल प्रवेश गर्न खोजे । भारततर्फका सुरक्षाकर्मी तमासे बने पनि नेपालतर्फका सुरक्षाकर्मीहरुले प्रवेश रोक्ने प्रयास गर्ने क्रममा दोहोरो झडप भयो । नेपालका सुरक्षकर्मीहरु माथि भारतीय नागरिकहरुले आक्रमण गरे । यसैगरी यही साता वारा जिल्लाको सिम्रौनगढ क्षेत्रमा पनि भारतीय नागरिकहरुको त्यस्तै हर्कत देखियो । वीरगन्जमा पनि त्यस्तै देखियो । हाम्रो भूमिमा छिरेर विदेशी नागरिकहरुले हाम्रा सुरक्षाकर्मीमाथि आक्रमण गर्नु भनेको हदैसम्मको हेपाई हो । भारत देशले त हेप्यो हेप्यो, व्यक्तिहरुले समेत हेप्न थाले ।

    पछिल्ला दिनमा यस्तो हेपाई भारतीयहरुले गर्दै आएका थिए, तर यस पटक चिनियाँ नागरिकहरुले पनि गरे । घटना गत शुक्रबारको हो । स्वदेश फर्कन पाउनुपर्ने माग राखेर करिव दुई दर्जन चिनियाँ नागरिकहरुले सिँहदरवार अगाडी धर्ना दिए । सामान्य परिस्थितिमा यसरी धर्ना दिइएको भए अश्वभाविक हुने थिएन । धर्ना शान्तिपूर्ण रुपमा गरिएको भए पनि स्वभाविकै मानिने थियो । तर मुलुकमा लकडाउन गरी मानिसहरु भेला हुन नदिइएको र व्यक्ति–व्यक्तिबीचको दुरी ३ फिट भन्दा बढी हुनु पर्ने व्यवस्था नेपाल सरकारले गरेको छ । यस्तो अवस्थामा सिंहदरबार अघि धर्ना दिन जानु र प्रहरीले यस्तो नगर्न आग्रह गर्दा उल्टै आक्रमण गर्नु ज्यादै निन्दनीय हो ।

    यो हदैसम्मको हेपाह प्रवृत्ति हो । विश्लेषकहरुका अनुसार नेपालमा चीनले आफ्ना उल्लेख्य सैनिकहरुलाई गुप्तचरका रुपमा नेपालमा फिट गरेको छ । उनीहरु कोही पर्यटकको रुपमा कोही होटल तथा रेष्टुरेन्ट संचालकको रुपमा कोही निर्माण व्यवसायी तथा मजदुरका रुपमा नेपालमा क्रियाशिल छन् । शुक्रबार सिंहदरबारको गेटमा प्रहरी माथि भएको आक्रमण ज्यादै रोचक देखिन्थ्यो । एक जना धर्नाकारीले चार पाँच जना प्रहरीलाई सजिलै ठेलेको देखिन्थ्यो । सैन्य तालिम नलिएका व्यक्तिहरु यति पोख्त हुँदै हुँदैनन् । लिपु लेकका सन्दर्भमा चीन र भारत बीच कतै साँठ–गाँठ त छैन ? भन्ने आशंकालाई गत शुक्रबारका यी दुई वटा घटनाले पुष्टि गरेका छन् ।

    बोर्डर सिल भएकै अवस्थामा पनि आवागमन खुला छ, बससेवा खुला छ, नेपाल जान सकिन्छ भन्ने भ्रम भारतमा त्यहाँको गुप्तचर निकयले नै फैलाइएको रहेछ । एकातिर भारतमा नेपालीको स्थिति ठीक छैन, अर्कोतिर नेपाल कोरोनाबाट सुरक्षित छ भन्ने प्रचार गर्दै आफ्ना नागरिकलाई नेपाल छिराउने प्रयत्न भारतले गर्दै आएको देखिन्छ । नेपाल–भारतले एकअर्का देशका नागरिकको हेरदेख गर्ने भने पनि यो शतप्रतिशत लागू हुने कुरा होइन । तर प्रयत्न समेत गरेको देखिएन ।

    २०७२ सालको भुइँचालोमा नेपालका लागि सिंगो भारत सहयोगी बनेको थियो, भारतीय जनता पनि सहयोगी बनेका थिए । आज कोरोना संक्रमणमा भारत आफैं संकटमा छ । त्यसैले भारतबाट हामीले सहयोगको अपेक्षागर्न मिल्दैन । तर यो भयांकर विषम परिस्थितको फाइदा उठाएर नेपाली भूमी अतिक्रमण गर्नु भनेको धेरै नै निन्दनीय विषय हो । नेपालको राष्ट्रियता माथि ठाडो चुनौती हो । अहिले हामी भेटघाट गर्नै सक्दैनौं, सहयोग उठाउनै सक्दैनौं । यो एकदमै विषम परिस्थिति हो ।

    भारतमा कोरोनाको संक्रमण धेरै नै भयावह छ । लाखौँ नेपाली भारतमा छन् । उनीहरु स्वदेश फर्कन चाहन्छन् । भारत पठाउन चाहन्छ । तर नेपाल सरकारले आनाकानी गरिरहेको छ । उनीहरुलाई स्वदेश फर्कन नदिने हो भने भारतले नेपालविरुद्ध प्रयोग गर्न सक्छ । नेपाल विरुद्ध नेपालीलाई नै प्रयोग गर्ने भारतीय रणनीति नयाँ पनि होइन । तर भारतभरबाट घर फर्कने नेपालीको संख्या अनुमान गर्न सकिएला ? भन्ने प्रश्न पनि अहं बनेको छ । छोटो समयका लागि घुमघाममा पुगेका अथवा औषधोपचारमा रहेका र जनजीविकाको समस्या बेहोरिरहेका जनसाधारणका हकमा घर फर्कर्नैपर्ने संख्याबारे अनुमान गर्न सकिएला । अरू सबैको संख्या पत्ता लगाउन मुस्किल छ । भारतभर कति नेपाली छन् भन्ने रेकर्ड राख्ने पद्धति अझै बसाल्न नसक्नु ज्यादै ठूलो कमजोरी हो

    सन् १८१६ को सुगौली सन्धि पछि पनि नेपालका कयै भू–भागहरु पटक पटक अतिक्रमण भै रहने परम्परा नै बसि सकेको छ । तथापि नेपालका सरकारहरुले आफ्नो भूमी रक्षा गर्न नसक्नुको कारण के हुन सक्छ ? प्रत्येक नागरिकले यसको जवाफ खोज्ने बेला आएको छ । अब हामीले यस्तो आवाज बुलन्द गर्नु पर्ने समय आएको छ । नेपालका भुमिहरु उत्तर र दक्षिण दुबै तिरबाट पटक पटक अतिक्रमण भैरहेको छ । नेपालको राष्ट्रबादी भन्ने राजा समेतले यस बिषयमा किन बोल्ने आँट गरेनन् ? चिनसँगको युद्धमा हार भए पछि भारतले नेपाली भुमीमा आफ्नो सेना राख्न माग गरेको प्रस्तावलाई आफ्नो सत्ता टिकाउने अस्त्रका रुपमा राजा महेन्द्रले प्रयोग गरेका कारण आज लिपुलेकमा भारतले सडक निर्माण गरेको हो । त्यो भूभाग भारतलाई कब्जा गर्ने आधार प्रदान गरेको कथित राष्ट्रवादी राजा महेन्द्रले नै हो ।

    तर राजतन्त्र ढले पछि पनि नेपालमा भारतीय हस्तक्षेप कम भएको छैन उल्टै बढेको पो हो कि ? जस्तो देखिएको छ । नेपाली राजनीतिमा भरतीय हस्तक्षेप नाङो नाच जस्तै छ । यहाँ कस्लाई र कुन पार्टीलाई सहयोग गर्ने हो र त्यसपछि कस्तो किसिमको फाइदा लिने हो उसले राम्रोसँग ङ जानेको छ र प्रत्येक नेताहरुको मनोबिज्ञान बुझेको छ । हरेक परिवर्तनमा आफ्नो दरिलो प्रभाव छोडनु र त्यसपछि जति सक्दो लाभ लिने भारतीय रणनीति देखिन्छ । त्यसका लागि पूर्व तयारी नै हुन्छ । हालै भारतले आफ्नो देशको सिमाना रक्षा गर्ने रणनीति नै बनाएको छ, जस अनुसार २०१९ को नोवेम्बरमा लिपुलेक र लिपुयाधारा आफ्नो नक्शामा राखी सार्बजनिक गरि सकेको छ । त्यसै गरि भारतले कस्मिर को बिषयमा पनि आफ्नो दाबी बलियो बनाउदै लगेको छ । हालै मात्र भरतीय न्युज च्यानलहरुले जलबायु समाचारमार्फत कास्मिरको मौसम समाचार देखाउनु सुरु गरेको छ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आब पकिस्तानलाई सबक सिकाउने भन्दै कस्मिर छोड्न दबाब पर्ने खाले अभिब्यक्तीहरु दिन थलेका छन् । पाकिस्तानसँग युद्धका लागि सुरक्षाकर्मीलाई हाइ अलर्ट गरेका छन् । आफ्नो सीमाको बिषयमा भारत यति कठोर भै रहदा हाम्रो देशका नेता र सरकारको हालत देख्दा लाज मर्दो अवस्था छ ।

    हाम्रा राजीनितक दलका सबै नेता विदेशीका गुलाम नै हुन् त ? यो प्रश्नको जवाफ खोज्ने बेला आएको छ । प्रत्येक नागरिकले यो कुरा राम्ररी बुझ्न आबश्यक छ । अब त्यस्ता नेता जनताले चिन्नु पर्छ, नेपालीले चिन्नु पर्छ अन्यथा हाम्रो अस्मितामाथी सधै बलात्कार भै रहन्छ, हामी टुलुटुलु हेरेर मात्र बस्नु पर्ने हुन्छ । हाम्रो कोममा पुगेको राष्ट्रबाद र राष्ट्रलाई प्रत्येक सचेत नागरिकले बचाउन पर्छ । जय नेपाल, जय राष्ट्र ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…