• पुष्कर खड्का

    काठमाडौ - नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार । पर्सा, उदयपुर, काठमाडौं र दाङका गरी ९ जनामा कोरोना पुष्टि भएको हो ।



    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बाँकेस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    नयाँ सङ्क्रमित पर्साको वीरगन्ज निवासी १९ र १० वर्षीय बालक, २३ र ४७ वर्षीय महिला रहेका छन् । यसैगरी उदयपुरको त्रियुगा नगरपालिका निवासी २५ वर्षीय पुरुष तथा दाङको गढवा ४ र ५ तथा तुलसी–७ निवासी २३, ३६ र ३४ वर्षीय पुरुष तथा काठमाडौंको सतुंगल निवासी ७ वर्षीय बालकमा समेत कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जनाएका छन् ।

    यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २६७ पुगेको छ । नयाँ थपिएका संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…