पुष्कर खड्का
काठमाडौ - विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम र नियन्त्रणलाई थप प्रभावकारी बनाउन काठमाडौंमा लकडाउनमा कडाइ गरिने भएको छ । र गल्लीहरुमा विभिन्न बहानामा मानिसहरुको भीड भएको भन्दै जिल्ला प्रशासन कार्यालयले थप कडाई गरेको हो ।
लकडाउनलाई थप प्रभावकारी बनाउन प्रशासनले अब विभिन्न बहानामा भित्री सडक तथा गल्लीमा निस्किने व्यक्तिलाई पनि पक्राउ गर्ने तयारी गरेको छ ।
यसअघि काठमाडौंका मूल सडकलाई प्राथमिकतामा राखेर प्रहरी लकडाउन कार्यान्वयमा खटिएको थियो । काठमाडौंका मूल सडक, भित्री सडक र गल्लीहरुमा विभिन्न बहानामा मानिसहरुको भीड भएको भन्दै जिल्ला प्रशासन कार्यालयले थप कडाई गरेको हो ।
सडकमा बिनापास निस्किएमा प्रचलित कानुनबमोजिम कारबाही हुने पनि प्रशासनले जनाएको छ । मानिसको अनावश्यक भीड नियन्त्रण गर्न यो नियम लागू गर्ने निर्णय गरेको प्रशासकीय अधिकृत मानबहादुर बुढाले बताए ।