पुष्कर खड्का
काठमाडौं - नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार बर्दियाको नार्खु-११ निवासी २८ वर्षीया महिला, सिरहाको सखुवा–१९ निवासी ३० वर्षीय पुरुष, , पर्साको वीरगन्ज निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाहीको रामनगर-४ निवासी १८ वर्षीया महिला र चितवनको गढौली–१ निवासी २५ वर्षीय महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जनाएका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २७३ पुगेको छ । नयाँ थपिएका संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।