पुष्कर खड्का
काठमाडौं - नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार कपिलवस्तुमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४, ४४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जनाएका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ सय ७६ पुगेको छ । नयाँ थपिएका संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
यस अघि आज बिहान मात्रै बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा पनि ६ जना नयाँ संक्रमितको पुष्टि भएको थियो ।