• पुष्कर खड्का
    काठमाडौँ - त्रिवि शिक्षण अस्पतालले कुनै पनि अस्पतालकर्मीमा कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित नभएको जनाएको छ ।

    शिक्षण अस्पतालमा कार्यरत कर्मचारीमा कोभिड–१९ देखिएको भन्ने खबरको खण्डन गर्दै अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले हालसम्म कोही अस्पतालकर्मीमा सङ्क्रमण नदेखिएको जानकारी दिए ।




    सत्यतथ्य नबुझी छिटो खबर प्रकाशित गर्ने होडले पत्रकाररिताको विश्वसनियतामाथि प्रश्न उठ्न जाने भन्दै उनले समाजमा अनावश्यक त्रासको वातावरण नबनाउन र संयमता अपनाउन सबैलाई अनुरोध गरे । शिक्षण अस्पतालमा उपचार गर्न आएकी ६ वर्षीया बालिकामा बिहीबार कोभिड–१९ पुष्टि भएको थियो ।




    ती बालिकामा कोभिड–१९ पुष्टि भएसँगै अस्पतालले बालिकको सम्पर्कमा आएका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखी स्वास्थ्य परीक्षण कार्यलाई जारी राखेको छ । सङ्क्रमित बालिकालाई शिक्षण अस्पताल परिसरमै रहेको गणेशमान भवन बनाइएको आइसोलेशन वार्डमा राखिएको छ । उनको स्वास्थ्यस्थिति सामान्य रहेको अस्पतालले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…