पुष्कर खड्का
रामेछाप -रामेछाप जिल्लाको लिखुतामाकोशी गाउँपालिका वडा नम्बर ५ नागदहका १६ घरपरिवारलाई शुक्रबार नेपाली काँग्रेसले खाद्यन्न उपलब्ध गराएको लिखुतामाकोशी गाउँपालिकाका सचिब दामोदर खड्काले जानकारी दिनु भयो ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्ने सरकारले गत चैत्र महिनाको ११ गते देखि लकडाउन लागू गरिएको थियोे । यसै समयमा लकडाउनका कारण समस्यामा परेका विपन्न एवं दलित घरपरिवारलाई कुनै राहतको प्याकेज नल्याउँद उनिहरुलाई समस्या परेको कारण आफूहरुले व्यक्तिगत रुपमा सहयोग जुटाएर खाद्यन्न उपलब्ध गराईएको खड्काले बताउनुभयो ।
जस्तै सहयोगमा नेपाली काँग्रेसका पूर्व महधिवेशन प्रतिनिधि रामकुमार खड्का, नेपाली काँग्रेस रामेछापका जिल्ला कार्यसमिति सदस्य भोजराज खड्का ‘सुन्दर,रामेछाप प्रदेशसभा ‘क’ का सचिब निरोज खड्का, सदस्य साजन तामाङ, लिखुतामाकोशी गाउँपालिकाका उपसभापति हरिबहादुर खड्का, वडा नम्बर ५ का इकाई सभापति रोम बहादुर तामाङ लगाएतको उपस्थितिमा उक्त खाद्यन्न सामाग्री वितरण गरिएको पनि सचिब दामोदर खड्काले बताउनुभयो ।
लकडाउनको समयमा अापत बिपत परेको बेला जसको घरमा चुलो बल्न समेत समस्या परेको छ, त्यसमा हामी सबैले सहयोग गर्नुपर्छ भन्ने सोच बनाएर हामीले सहयोग गरेको सचिब दामोदर खड्काले जानकारी दिनु भयो ।